‘तडप’को पहिलो पोस्टर

बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहानले अभिनय गरेको चलचित्र ‘तडप’को फस्टलुक सार्वजनिक भएको छ । अहानले अभिनय गरेको यो चलचित्रको फस्र्टलुक अभिनेताहरु अक्षय कुमार र अजय देवगणले समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।

साउथ चलचित्र ‘आरएक्स १००’को रिमेक यो चलचित्रमा अहानको जोडीका रुपमा अभिनेत्री तारा सुतरियाले अभिनय गरेकी छिन् । नाडियाडवाला ग्रान्डसन प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्र सेप्टेम्बर २४ मा रिलिज हुँदै छ ।

चलचित्रको पहिलो पोस्टरमा अहान र तारा एक अर्काको अंगालोमा बाँधिएका छन् । आफ्ना छोराले पहिलो पटक अभिनय गरेको चलचित्रको पहिलो पोस्टर सार्वजनिक हुँदै गर्दा आफू निक्कै भावुक भएको सुनिलले बताएका छन् । 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार ९:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया