ललितपुरको नख्खु दोबाटोमा एक जिपले एक युवतीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
बुधबार विहान कलेज जान हिँडेकी युवतीको मृत्यु भएको हो । उनलाई जिपले ठक्कर दिएको थियो । १९ वर्षकी अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उनलाई बिएन्डबी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।