विप्लव समूहसँग सरकारको वार्ता सकारात्मक

दुई वर्षअघि प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द विप्लवसँग सरकारले सुरु गरेको वार्ता सकारात्मक भएको बताइएको छ । 

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार राजन भट्टराईले सामाजिक सन्जाल ट्विटरमा यो जानकारी दिएका हुन् ।

विप्लवसँग वार्ता गर्न सरकारले हिजो मात्र वार्ता टोली बनाएको थियो । सरकारी वार्ता टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले नेतृत्व गरेका छन् । 

विप्लवको वार्ता टोली प्रकाण्डले नेतृत्व गरेका छन् । 

आज विहानैबाट विप्लवसँग सरकारले बालुवाटार प्रधानमन्त्री निवासमा वार्ता सुरु गरेको थियो ।
 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार ११:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया