अध्ययनका लागि अमेरिका जाने तयारीमा शृंखला
फरकधार / १९ फागुन, २०७७

पूर्व मिस नेपाल शृंखला खतिवडा थप अध्ययनका लागि अमेरिका जाने भएकी छन् । उनी आगामी अगस्टमा पुग्ने गरी अमेरिकाको हावर्ड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि जान लागेकी हुन् ।

आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गर्ने बताएकी छन् । उनले गत जनवरीमा अध्ययनका लागि आवेदन दिएकी थिइन् ।

२ वर्षे कोर्स सकेर नेपाल फर्किने शृंखला बताउँछिन् । केही समय अघि नेपालमै गाथा नामक कम्पनी सञ्चालन सुरु गरेकी शृंखला समाज सेवामा पनि विशेष रुची राख्छिन् ।

हावर्ड विश्वविद्यालयबाट अध्ययनका लागि स्वीकृति पाएपछि शृंखलाले सामाजिक सञ्जालमार्फत् खुसी साटेकी छन् । उनले यो खुसी अहिलेसम्मको जीवनको सबैभन्दा ठूलो भएको बताएकी छन् ।

सन् २०१८ की मिस नेपाल विजेता शृंखलाले मिस वर्ल्डमा सहभागिता जनाएर निक्कै चर्चा कमाएकी थिइन् ।

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १२:४६:८,   अन्तिम अपडेट : फागुन १९, २०७७ बुधबार १३:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया