केन्द्रीय बैंकद्वारा क्युआर कोडको मापदण्ड जारी

पछिल्लो समय नगदरहित डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको नेपाल राष्ट्र बैंकले क्युआर कोडको मापदण्ड तयार गरेको छ । डिजिटल कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्र बैंकले मापदण्ड जारी गरेको हो । यसअघि राष्ट्र बैंकले गत माघ १४ गते मापदण्डमा आवश्यक रायसुझाव माग्दै मस्यौदा सार्वजनिक गरेको थियो । 

राष्ट्र बैंकका अनुसार मापदण्डमा क्युआर कोडबाट हुने भुक्तानीका लागि स्किम तथा नेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायरर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारीजस्ता विषय समेटेका छन् ।

त्यस्तै, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवा तथा गुनासो सम्बोधन र विवाद निरुपण, सूचना सुरक्षा कार्यक्रम, क्युआर लोगो, ब्रान्डिङलगायतका विषय पनि क्युआर कोडले समेटेको राष्ट्र बैंकले बताएको हो । यसबाहेक मापदण्डमा क्युआर कोडबारे प्रयोगकर्तालाई आवश्यक शिक्षा तथा जनचेतना विस्तार गर्नेबारे प्रावधान पनि राखिएको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समय क्युआर कोड स्क्यानबाटै हुने भुक्तानीलाई देशव्यापी रूपमा विस्तार गर्न निरन्तर रूपमा लागिपरेको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १२:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया