ताप्लेजुङका अग्नीपिडितलाई सरकारले ५ लाख दिने

ताप्लेजुङ दोभान बजारका भएको आगलागीका पीडितलाई सरकारले ५ लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले अग्नि पीडितका तर्फबाट ज्ञापनपत्र बुझ्दै पीडितलाई तत्काल १५ हजार राहत उपलब्ध गराइएको र दीर्घकालीन पुनःस्थापनाका लागि कार्यविधि सच्याएर ५ लाख दिने बताएका हुन् । 

ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएका थिए भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्नि पीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्नि पीडितको दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्प पीडित सरह सहयोगको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

त्यसैगरी ज्ञापन पत्र बुझाउँदै आगलागीका कारण आवासविहीन हुन पुगेका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा आगलागी पीडितका लागि पीडितको हितमा व्यवस्थित सहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधि सभा सदस्य तथा दोभान बजार अग्नि पीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्नि पीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताए । सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मंगलबार खाद्यान्न लगायतका अन्य सामग्री पठाइने उनको भनाइ छ । आवासका निम्ति भूकम्प पीडित सरहको मापदण्डका आधारमा आवश्यक रकम उपलब्ध गराउने उनले बताए ।

 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १३:१६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया