दलको नेता फेर्न दाहाल-नेपालको केन्द्रीय कमिटी बैठक पेरिस डाँडामा

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको छ। बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने एजेन्डालाई केन्द्रीय कमिटी बैठकमा लाने निर्णय गरेको थियो। 

उक्त निर्णयानुसार दलको नेता फेर्ने एजेण्डामा केन्द्रित भएर केन्द्रीय कमिटी बैठकमा छलफल हुने भएको छ। यो केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय लिनेछ। 

केन्द्रीय कमिटी बैठकले दलको नेता फेर्ने निर्णय लिएपछि त्यसलाई कार्यान्वयनका लागि संसदीय दलको बैठक बोलाउने तयारी छ। दलको बैठकबाट अविश्वासको प्रस्ताव पास भएपछि अर्को नेता चयन हुने व्यवस्था छ। पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा विभाजित नेकपाको दलको नेतामा अहिलेसम्म केपी शर्मा ओलीले नै कायम छन्। 

गत पुस ८ गते बसेको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो। तर पार्टी कानुनी रुपमा विभाजित नभइसकेकाले त्यो निर्णयमा कानुनी प्रश्न उठेको थियो।
 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १३:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया