प्रदेश १ः अविश्वास प्रस्ताव छल्न फेरि सारियो सांसद् बैठक
फाइल फोटो

प्रदेश नम्बर १ को संसद् बैठक फेरि सारिएको छ । यसअघि फागुन २० गते बिहीबारका लागि बोलाइएको संसद् बैठक बुधबार सूचना प्रकाशित गरि सरेको जानकारी दिइएको छ । 

संसद्मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने संकेत बलियो हुँदै गएपछि प्रदेशसभा बैठक नै नबस्ने वातावरण बनाइएको छ । 

अविश्वास प्रस्ताव छल्न पटक–पटक बैठक आह्वान गरिँदै सार्दै गरिएको हो । बिहीबारका लागि बोलाइएको बैठक स्थगित गर्दै पुनः चैत्र २ गते सोमबारका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

हिउँदे अधिवेशनको चौथो बैठक बस्न नसकेपछि प्रदेश सभामा प्रस्तुत गरिएका विभिन्न विधेयकहरुमाथि पनि छलफल गर्न सकिएको छैन ।

‘बिहीबारका दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक विशेष कारणले चैत्र २ गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको हो,’ प्रदेश सचिवालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । 

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएपछि विभिन्न बाहनामा प्रदेशसभा बैठक सारिँदै आएको छ । 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १४:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया