आइपीएलबारे अफ्रिकी क्रेकेटर स्टेनले भने, ‘खेलभन्दा पनि कमाइलाई हेरिन्छ’
फरकधार / १९ फागुन, २०७७

दक्षिण अफ्रिका उत्कृष्ट बलर डेल स्टेनले आइपीएलबारे दिएको एक बयानका कारण सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको छ । आइपीएलमा क्रिकेटभन्दा पनि कमाईलाई महत्व दिने गरिएको आरोप लगाएका छन् । 

उनको यो बयानपछि टिम इन्डियाका बलर अन्जिक्य रहाणेले व्यङ्ग्यात्मक जवाफ दिएका छन् । रहाणेसँग भर्चुअल प्रेस कन्फ्रेन्समा डेल स्टेनले दिएको बयानबारे सोधिएको थियो ।

जवाफमा रहाणेले भने, ‘हेर्नुहोस् म यहाँ चौथो चरणको म्याचबारे कुरा गरिरहेको छु । आइपीएल र एीएसएलबारे कुरा गर्नलाई होइन,  आइपीएलले हामी सबैलाई यस्तो अवसर दिएको छ । जहाँ भारतीय क्रिकेटर आफैंलाई सावित गर्ने मौका मिलेको थियो । मलाई थाहा छैन कि स्टेनले किन त्यस्तो बयान दिएका हुन् ।’ 

यसअघि स्टेनले पाकिस्तान सुपर लीग (पीएसएल)लाई भारतको आइपीएलभन्दा उत्कृष्ट भएको बताएका थिए । डेल स्टेनको बयानपछि सामाजिक सञ्जालमा उनले आफ्नै प्रशंसकको आलोचना खेप्नुपरेको थियो । 

‘आइपीएल बाहेक अन्य लीग खेल्नुमा खेलाडी ज्यादा उत्साहित हुन्छन् । आइपीएलमा को खेलाडी कति पैसा कमाउँछ भन्नेमै ध्यान हुन्छ’, स्टेनले भनेका छन् । 

उनले आइपीएलमा क्रिेकटभन्दा पनि पैसाको महत्व बढी हुने गरेको आरोप लगाएका छन् । ‘आइपीएलमा यति धेरै टिम हुन्छन् कि जहाँ खेलाडी भन्दा पनि कमाइमा धेरै महत्व दिन थालिन्छ । तर पाकिस्तान सुपर लीगमा क्रिकेटलाई नै बढी महत्व दिइन्छ,’ उनले भनेका छन् । 

डेल स्टेनको यस्तो बयानपछि भारतीय क्रिकेट प्रशंसकले सामाजिक सञ्जालमा उनलाई निशाना बनाएका छन् । 

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १५:५:५६,   अन्तिम अपडेट : फागुन १९, २०७७ बुधबार १५:९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया