निशानामा मोदी सरकार विरोधी कलाकार, घर र कार्यालमा धमाधम छापा

मुम्बईस्थित बलिउड कलाकारहरुको घरमा कर कार्यालयले धमाधम छापा हान्न थालेको छ। खास गरी प्रधानमन्त्री नरेन्द्र मोदी विरोधी कलाकारलाई ठेगान लगाउने उद्देश्यसहित करलाई परिचालित गरिएको हो। 

बुधवार इनकम ट्याक्स (आईटी) डिपार्टमेन्टले कलाकारहरु तापसी पन्नु, निर्माता अनुराग कश्यप, विकास बहल र मधु मनटेनाको घरमा छापा हानेको हो। उनीहरु सबै प्रधानमन्त्री मोदी विरोधी कलाकार रुपमा परिचित छन्। 

उनीहरुमाथि कर छलीको आरोप लगाइएको छ। शहरका २२ स्थानमा इनकम ट्याक्सका अधिकारीले छापा हानेका हुन्। समाचार अनुसार यो छापामारी फ्यान्टम फिल्म्ससँग जोडिएको छ। जहाँ जहाँ कारवाही चलाइएको छ, ती सबै कलाकार मोदी सरकारका विरोधी हुन्।

अनुराग र तापसी देशमा चलिरहेका विभिन्न मुद्दामा आफ्नो धारणा राख्दै आएका छन्। तापसी किसान आन्दोलनको पनि समर्थनमा छिन्। यस आन्दोलनलाई लिएर पप स्टार रिहानाले सामाजिक सञ्‍जालमा लेखेपछि जवाफमा बलिउड र खेल जगतका कयौँ हस्ती सरकारको पक्षमा उत्रिएका थिए। तर तापसीले यी सेलिब्रिटीविरुद्ध आफ्नो धारणा राखेकी थिइन्। 

मधु मन्टेनाको ट्यालेन्टट म्यानेमेन्ट कम्पनी कवानको भवनमा पनि आयकर अधिकारी पुगेका छन्। यी सबै फ्यान्टम फिल्मसँग जोडिएका छन्। आयकर विभागले फ्यान्टम फिल्म्स कम्पनीको काम र लेनदेनमा गडबडीको आशंका गरेको थियो। छापामारीमा मिलेका कागजातका आधारमा जाँचको दायरा अझै बढाइने भएको छ। यिनमा अझै ठूला नाम पनि तानिने सम्भावना छ।

फ्यान्टम फिल्म कम्पनीलाई अनुराग कश्यप, विक्रमादित्य मोटवानी, मधु मन्टेना र विकास बहलले सन् २०१० मा ल्याएका थिए। सन् २०१८ मा विकास बहलमाथि यौन शोषण आरोप लागेपछि कम्पनी बन्द गरिएको थियो। त्यसपछि यी चारै जना छुट्टिएका थिए। यिनीहरुमाथि फ्यान्टम फिल्मबाट भएको आम्दानीको सही विवरण इनकम ट्याक्स डिपार्टमेन्टलाई नदिएको आरोप छ।



फ्यान्टम फिल्म्स कम्पनीको पहिलो फिल्म सन् २०१३ मा लुटेरा आएको थियो। त्यसछिसके उनीहरुले हँसी तो फँसी, क्विन, अगली, एनएच १०, हन्टर, मुम्बई भेलबेट, मसान, शानदार, उडता पञ्जाब, रमन राघव-२, रङ्ग साइड राजु, मुक्केबाज, सुपर ३० र धूमकेतु जस्ता फिल्म बनाएका थिए। सुपर थर्टी र धुमकेतु सन् २०१९ र २०२० मा रिलिज भएका थिए।



  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १५:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया