विप्लवसँग वार्तापछि गृहमन्त्री : सहमति नजिक छौँ, चाँडै सुख नतिजा आउँछ

गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्ताले चाँडै सुखद परिणाम ल्याउने बताएका छन्। विप्लव तर्फका वार्ता टोलीसँग बुधबार बालुवाटारमा भएको वार्तापछि उनले बताएका हुन्। 

बालुवाटारमा बुधबार बिहान भएको वार्तापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। 'मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ', उनले भनेका छन्, 'धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ। छिट्टै सुखद परिणाम आउने अपेक्षा छ।

सरकारले प्रतिबन्ध लगाएको करिब २ वर्षपछि वार्ता सुरु भएको हो। वार्ताप्रति नरम हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध हटाउने भएपछि वार्ता सुरु भएको हो। 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १५:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया