अफर आए प्रधानमन्त्रीका लागि तयार छुः  देउवा
फरकधार / १९ फागुन, २०७७

मंगलबारसम्म तटस्थ बस्ने निर्णय लिएका कांग्रेस सभापति शेरबहादुर देउवाले एकाएक आफ्नो धारणा परिवर्तन गरेका छन् ।

नेकपाका दाहाल–नेपालले भेटेरै प्रधानमन्त्रीको अफर गर्दा पनि उनले अहिले कुनै पक्षलाई साथ नदिने बताएका थिए । 

तर, बुधबार एक कार्यक्रममा देउवाले आफू पद लोभी नभएको तर, अफर आएको खण्डमा पछि नहट्ने बताएका छन् । 

चितवनमा आयोजित एक कार्यक्रममा सभापति देउवाले भने, ‘कांग्रेसलाई पद लोभ छैन । तर, जिम्मेवारी टाउकोमा आयो भने पछि हट्ने पनि छैन ।’ 

उनले आफूले प्रधानमन्त्री नमागेको तर, पाइएको खण्डमा पार्टीलाई नै फाइदा हुने धारणा व्यक्त गरे ।

यसअघि बुधबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री डा. शशांक कोइरालाले पनि पार्टी हितका लागि कांग्रेसले सत्ता साझेदारी गर्नुपर्ने बताएका छन् । 

उनले प्रधानमन्त्रीकै लागि आफूले मरिहत्ते नगरेको तर, जिम्मेवारी आएमा सबैको हितलाई सोचेर भाग्न पनि नहुने बताएका छन् । 

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १६:२२:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया