सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सातौँ अधिवेशनअन्तर्गत बुधबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको हो । 

बुधबार प्रदेशसभामा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने कार्यसूची थियो । सो विषायमा प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफल सकिएको थियो ।

सोमबार आह्वान गरिएको बैठक सुरु नहुँदै सूचना टाँस गरी स्थगित गरिएको बुधबारको बैठक पनि विशेष कारण देखाएर स्थगित गरिएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १६:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया