बलिउड स्टार तापसी, अनुराग र विकासको घरमा इन्कम ट्याक्सकाे छापा
फरकधार / १९ फागुन, २०७७

बलिउड स्टारका घरमा भारतीय इनकम ट्याक्सले छापा मारेको छ । जहाँ अनुराग कश्यप, तापसी पन्नू र विकास बहलको नाम जोडिएको छ । 

हाल पूरै जानकारी दिन नमिल्ने भन्दै इन्कम ट्याक्सका अधिकारीहरुले छानबिन चलिरहेको बताएका छन् । 

मुम्बई, पुणेसहित करिब २२ स्थानमा छापा मारिएको छ । करछलीको मुद्दालाई लिएर छापा मारिएको हो । 

तापसी, अनुराग र विकासको घरका साथै गोदाममा छापा मारिएको छ । अहिलेसम्म के कति सामग्री बरामद भयो भन्ने एकिन जानकारी दिइएको छैन । 

कर छली गरेको सूचना प्राप्त भएपछि इन्कम ट्याक्सले उनीहरुको घरमा छापा मारेको हो ।

विभागका अनुसार यी सबै फिल्मबाट हुने कमाइको आयकर तिरिरहेका थिएनन् । हाल फिल्म उद्योगसँग जोडिएका तापसी, अनुराग र विकासको घरमा छापा मारिएको छ । 
अन्य बलिउड स्टारको घरमा पनि छापा मार्ने तयारी विभागले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १६:४६:५४,   अन्तिम अपडेट : फागुन १९, २०७७ बुधबार १७:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया