बी डिभिजन लिग : खुमलटारको सहज जित

सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारको दोस्रो खेलमा खुमलटार युवा क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उसले ब्वाइज युनियन क्लबमाथि ३–० को सहज जित हात पारेको हो । खुमलटारको जितमा सबिन केसीले २ र आयुष घलानले १ गोल गरे । 

खेलको १९औँ मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई अग्रता दिलाए । ४३औँ मिनेटमा सबिनले नै टिमको अग्रतालाई दोब्बर बनाए । 

पहिलो हाफमा २ गोल गरेको खुमलटारले दोस्रो हाफमा १ गोल थप्यो । ७४औँ मिनेटमा आयुषले गोल गरे ।  

जितसँगै खुमलटारले ९ खेलबाट २२ अंक जोड्दा पराजित ब्वाइज युनियनकोे समान खेलबाट १४ अंक छ । 
 
लिगअन्तर्गत आजै भएको पहिलो खेलमा नयाँ बस्ती युवा क्लब र टुसाल युवा क्लबले १–१ को बराबरी खेलेका छन् । 

नयाँ बस्तीका लागि विवेक गुरुङ र टुसालका लागि एलोन राईले समान १–१ गोल गरे । 



यो नतिजासँगै नयाँ बस्तीले ९ खेलबाट १२ अंक जोड्दा टुसालको समान खेलबाट ९ अंक छ । 
 



  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १७:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया