सरकार-विप्लव दोस्रो चरणको वार्ता सम्पन्न
फरकधार / १९ फागुन, २०७७

नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच बुधबारै दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । 

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले दोस्रो चरणको वार्ता सम्पन्न भएको जानकारी दिएका हुन् । 

उनले ट्विट गर्दै लेखेका छन्, ‘वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित रह्यो ।’ 

दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिएका छन् । 

 

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १७:४२:१८,   अन्तिम अपडेट : फागुन १९, २०७७ बुधबार १८:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया