कांग्रेस सभापति देउवाले पनि लगाए कोरोना भ्याक्सिन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन्। हेलिकोप्टरमा चितवन र रौतहट पुगेर आएका उनले बुधबार अपरान्ह नयाँबानेश्वरस्थित निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन्। 

देउवा बुधबार बिहानै चितवन र रौतहटको कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमा गएका थिए। उनले चितवनमा पुगेर कांग्रेसको सभालाई सम्बोधन गरे भने रौतहटमा महायज्ञको उद्घाटन गरेका थिए।

बुधबार बिहानै नेकपा दाहाल-नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइसकेका छन्। आगामी फागुन २३ गते संसद बस्ने भएपछि सांसदहरुसहित संसद सचिवालयमा रहेका करिब १५ सयलाई कोरोनाविरुद्धको खोप हानिँदैछ।





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १७:४५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया