नेकपा विवादबारे शीघ्र निर्णय देऊ : पूर्वआयुक्तहरु

नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

यसरी आग्रह गर्ने पूर्वप्रमुख निर्वाचन आयुक्तहरुमा सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा‍. अयोधिप्रसाद यादव र पूर्वकार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ छन् । 

उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको बताएका हुन् ।

वक्तव्यमा भनिएको छ– आयोग अनिर्णयको बन्दी बन्दा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्य तथा आयोगको आफ्नो साखमा पर्न सक्ने असरलाई विचार गरी प्रचलित कानुन र स्थापित नजिरका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौँ ।’ 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १९:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया