‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताका लागि टर्नपाइक इभेन्ट प्रालिले प्रत्यक्ष प्रसारण अधिकार र डिजिटल प्रत्यक्ष प्रसारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र ई–कान्तिपुर डटकमसँग सम्झौता गरेको छ ।
बुधबार भएको सम्झौतासँगै प्रतियोगिताको सम्पूर्ण खेलको कान्तिपुर टेलिभिजन र कान्तिपुरअन्तर्गत रहेका डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछ । कान्तिपुरका ब्रोडकास्टिङ डाइरेक्टर सुरजसिंह ठकुरी र टर्नपाइकका प्रमुख कार्यकारी अधिकृत युकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
पोखराको बहुउद्देश्य कभर्डहलमा आयोजना हुने प्रतियोगिताका ४९ खेल प्रसारण हुनेछन् । लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउनेछन् । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् ।
एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउनेछ । प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।