प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पल्ट ज्येष्ठ नागरिक सुविधा उपभोग गरेका छन् । बुधबार जाउलाखेल चिडिया खाना अनुमगनमा गएका प्रधानमन्त्रीलाई शुल्कमा ज्येष्ठ नागरिकले पाउने सुविधा अनुसार नै लिइएको छ ।
अनुगमनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूले पहिलोपल्ट ज्येष्ठ नागरिकको सुविधा उपभोग गर्न पाएको बताएका छन् । ‘ज्येष्ठ नागरिकको सुविधा पाउन थालेपछि सुखको कुरा भन्ने कि दुःखको कुरा भन्ने ?’, उनले भने ।
प्रधानमन्त्री ओलीले आफूले पहिलो पटक ज्येष्ठ नागरिकको सुविधा पाउँदा आश्चर्यमा परेको बताएका छन् । ‘टिकटमा साठी रुपैयाँ छुट पाएँ तर म खंग्रङग भएँ । ओ हो ! ज्येष्ठ नागरिकको सुविधा पो पाइयो आजदेखि । एकसय ५० लाग्ने ठाउँमा मलाई ९० मात्रै लाग्यो ।’
ओलीले पर्यटनबाट आम्दानी र ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिलाउन र उनीहरुको संख्या बढाउन छुट सुविधाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।