विप्लवमाथिको राजनीतिक प्रतिबन्ध भोलि हटाउने तयारी

सरकारले नेत्रविक्रम चन्दको पार्टीमाथि लगाइएको राजनीतिक प्रतिबन्ध भोली(बिहीबार) हटाउने तयारी गरेको छ । 

सरकार र विप्लव पक्षबीच बुधबार दुईपटक सम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन बिहीबार पुनः बैठक बस्दैछ ।

यस्तै, बिहीबारदेखि नै विप्लवमाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा सहमति भएको बताइएको छ । 

बुधबारको वार्ता सकारात्मक भएको र बिहीबारदेखि प्रतिबन्ध हटाउने तयारी भएको विप्लव समूह (नेकपा) का एक केन्द्रीय सदस्यले जानकारी दिए । 

सरकारले २०७५ फागुन २८ गते सो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको हो । 
 
बुधबार भएको वार्तामा दुवै पक्ष समान धारणामा पुगेको प्रतिक्रिया सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दिएका थिए । 

रातभरमा अप्रत्याशित र अस्वाभाविक कुनै फेरबदल नभए बिहीबार दिनभरमा राजनीतिक प्रतिबन्ध हटाउने तयारी गरिएको स्रोतले बताएको छ ।



‘भोलि प्रतिबन्ध हटाउने  तयारी वास्तवमै भएको हो,’ स्रोतले भन्यो, ‘समय चाही कतिबेला भन्ने एकिन छैन ।’



  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २३:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया