\
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको राजनीतिक प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ । सरकार र चन्द पक्षको वार्ता सकारात्मक भएसँगै प्रतिबन्ध हटाउने तयारी भएको हो ।
सरकार र विप्लव पक्षबीच बुधबार दुई पटकसम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन आज पुनः बैठक बस्दैछ । हिजोको वार्तामा आजैदेखि विप्लवमाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा सहमति भएको बताइएको छ ।
बुधबारको वार्ता सकारात्मक भएको र आजदेखि प्रतिबन्ध हटाउने तयारी भएको विप्लव समूह (नेकपा) का एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
यसअघि, सरकारले २०७५ फागुन २८ गते चन्द नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसबेला हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको थियो ।
बुधबार भएको वार्तामा दुवै पक्ष समान धारणामा पुगेको प्रतिक्रिया सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दिएका थिए । दुई चरणमा भएको वार्तामा सहमति नजिक पुगिएको उनले बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।