पार्टीको धारणा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेर बहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवासमा बैठक डाकेका छन् । 

पुनःस्थापनापछि संसद सुचारु हुने दिन नजिकिएसँगै संसदमा पार्टीले खेल्ने भूमिका तय गर्न बैठक बस्न लागेको हो । बैठकमा संसदमा पार्टीको भूमिका र नयाँ सरकार गठनको विषयमा छलफल हुने बताइएको छ । 

बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरुलाई बोलाइएको एक नेताले जानकारी दिए । संसद बैठकमा पार्टी एकढिक्का भएर एउटै लयमा प्रस्तुत हुनका लागि आज बैठक राखिएको ती नेताले जानकारी दिए । 

आजको पदाधिकारी बैठकले गरेका निर्णय भोलि शुक्रबार बस्ने संसदीय दल र शनिबार बस्ने केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराउने देउवाको तयारी छ । 

प्रतिनिधिसभा पुनःस्थापना भएसँगै सभापति देउवालाई सत्तारुढ नेकपाको दुवै समूहले प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा छ । प्रचण्ड-माधव समूहले त बुढानिलकण्ठ मै गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गरेका थिए । 





  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार ९:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया