म्यानमारमा सेनाको तीव्र दमन, एकैदिन ३८ प्रदर्शनकारी मारिए

म्यानमारमा प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भएको छ । हिजोमात्र सेना तथा प्रहरीको गोली लागेर ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । 

बुधबारको प्रदर्शनमा सेनाले सत्ता कब्जामा लिए पछिकै सबैभन्दा बढी बल प्रयोग भएको र ३८ जनाको निधन भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ । राष्ट्रसंघले विवरण सार्वजनिक गरेसँगै बिहीबार अझ शसक्त प्रदर्शन गर्ने तयारी भएको छ । 

प्रदर्शनकारीहरुले आज अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेका छन् । गत फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएपछि म्यानमारमा अहिलेसम्म ५० भन्दा बढी सर्वसाधरणको ज्यान गइसकेको छ । 

सेनाले चुनावमा धाँधली गरेर नेतृ आङ सान सुकीको पार्टीले बहुमत ल्याएको भन्दै सेनाले उक्त चुनावी नतिजालाई रद्द गर्दै सुकीसहितको नेतृत्वलाई नजरबन्दमा राखेर सत्ता आफ्नो हातमा लिएको थियो । 

सेनाले कू गरेर शासन हत्याएपछि एक वर्षका लागि संकटकाल लगाएको छ । सेनाको उक्त कदमहरूकाे विरोधमा आमनागरिक सडकमा उत्रिएका छन् । 





  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार ९:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया