बालुवाटार अपडेट : बिहान विप्लवसँग वार्ता, साँझ मन्त्रिपरिषद् बैठक बोलाइयो
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले आज साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् । 

आजको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथिको राजनीतिक प्रतिबन्ध हटाउने सम्बन्धमा निर्णय हुनसक्ने छ । हिजोदेखि सरकार र विप्लव समूहबीच वार्ता सुरु भएको छ । हिजो दुई चरणमा भएको वार्ता सहमति नजिक पुगेको बताइएको थियो । 

आजपनि बिहानैदेखि बालुवाटारमा सरकारी टोली र विप्लव समूहबीच वार्ता जारी रहेको छ । आज तेस्रो चरणको वार्ता भइरहेको छ ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य दीपक सहभागी छन् । 

हिजो भएको वार्तामा सरकारी टोलीबाट सहभागी डा. भट्टराईले वार्ता सकारात्मक भएको र दुवै टोलीबीच करिब सहमति जुटेको जानकारी दिएका थिए ।

हिजोको वार्तापछि आज दिनभरमा विप्लव समूहमाथिको प्रतिबन्ध हट्ने उक्त समूहका नेताहरुले बताएका थिए । वार्ताका क्रममा सरकार त्यसका लागि तयार भएको समूहको दावी छ । 





  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार ९:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया