बादललाई हिमाल शर्माको प्रश्न : तपाईँमा राजनैतिक मूल्य सकिएको हो ?

गृहमन्त्री तथा सत्तारुढ नेकपाको ओली समूहका नेता राम बहादुर थापा बादललाई प्रचण्ड-माधव समूहका नेता हिमाल शर्माले राजनैतिक मूल्य र मान्यता सकिएको हो भन्दै प्रश्न गरेका छन् । 

शर्माले सामाजिक सञ्जालमार्फत राजनीतिक नैतिकताको आधारमा राजीनामाको प्रश्न शीर्षकसहित बादलप्रति जिज्ञासा राखेका छन् । २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारलाई राजीनामा दिन सुझाव दिएको सम्झाउँदै शर्माले बादललाई प्रश्न गरेका छन् । 

उनले लेखेका छन्, '२०६५ सालमा प्रधानमन्त्री प्रचण्ड र तपाई रक्षामन्त्री हुनुहुन्थ्यो । तपाईको र प्रधानसेनापतिबीच खटपटको कारण तपाईँकै प्रस्तावमा क्याबिनेटले रुक्माङ्गत कटुवाललाई पदमुक्त गर्न गरेको सिफारिसलाई राष्ट्रपतिले मन्त्रिपरिषदमै फिर्ता पठाउँदा तपाईले नैतिकताका आधारमा प्रचण्डले प्रमबाट राजीनामा गर्न सुझाउनु भएको थियो ।' 

उनले थप लेखेका छन्, 'यसै बमोजिम प्रधानमन्त्रीले क्षण भरमा राजीनामा दिनुभएको कुरा बिर्सनुभएको छैन होला । स्मरणीय छ त्यतिबेला ठूलो पार्टी माओवादी थियो । कसैले प्रमलाई हटाउने दवाव र चुनौतीसमेत दिएको थिएन ।'

तर, अहिले आफू गृहमन्त्री रहेको समयमा सर्वोच्च अदालतले सरकारको कदमलाई गलत पुष्टि गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन राजीनामा गराउन नसकेको भन्दै शर्माले प्रश्न गरेका छन् । 

उनले लेखेका छन्, 'प्रधानमन्त्री केपी ओलीले संविधानभन्दा बाहिर गएर संसद विघटन जस्तो जघन्य कमजोरी गरेको र अदालतले पुष्टिसमेत गरेको सन्दर्भमा तपाईले नैतिकताको आधारमा राजीनामाको प्रश्न उठाउन सक्नुभएन त ! तपाईँसँग पनि राजनैतिक मूल्य मान्यताको गुण सकिँदै गएको हो त ?' 



बादललाई व्यङ्ग्य गर्दै शर्माले अन्तिममा लेखेका छन्, 'ए साँच्ची, तपाई त प्रतिगमनको एउटा मतियार पो हो त !'

आदरणीय कमरेड राम बहादुर थापा (बादल) प्रती मेरो सानो जिज्ञासा ! बिषय: राजनीतिक नैतिकताको आधारमा राजिनामाको प्रस्न ! २०६५...

Posted by Himal Sharma on Wednesday, March 3, 2021


  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार १०:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया