ताजमहलमा बम रहेको भन्दै फर्जी कल आएपछि हंगामा

भारतको आगरा सहरमा रहेको ताजमहलमा बम रहेको हल्ला एकाएक फैलिएपछि केही समय हंगामा मच्चियो । भारतीय टेलिभिजन जी न्यूजले दिएको खबर अनुसार आकस्मिक हेल्पलाइन नम्बर ११२ मा कसले फोन गरेर ताजमहलमा बम राखेको सूचना दिएको थियो । 

सो सूचना भएपछि तत्काल त्यहाँका पर्यटकहरूलाई निकाली भित्र छिर्ने गेट बन्द गरिएको थियो ।  ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सर्च अभियान चलाइयो । बम राखिएको हल्ला मिथ्या भएको पाइएको जी न्यूजले जनाएको छ । 

सर्च अभियानपछि पुनः ताजमहलका ढोकाहरू खोलिएको छ । कसैले फर्जी जानकारी दिएर कल गरेको प्ष्टि प्रहरीले गरेको छ । कल गर्ने व्यक्तिको हालसम्म पहिचान नभएका र खोजी जारी रहेको अगराका प्रहरीलाई उद्धृत गर्दै जी न्यूजले खबर दिएको छ।





  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार १२:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया