बलिउड कलाकारका नेपाली फ्यान थुप्रै छन् । नेपाली फ्यान राम्रै भएका बलिउड अभिनेता मध्ये एक हुन् सोनु सुद । उनी अभिनयका अलवा कोरोना कहरको समयमा मजदुरहरुलाई सहयोग गरेर झन धेरै चर्चामा रहे । सोनुले कोरोनाका कारण अलपत्र परेका धेरै मजदुरलाई आफ्नै घरमा ल्याएर समेत राखे ।
सोनुले यो समय आफ्ना देशका मात्रै नभएर प्रवासी मजदुरलाई पनि सहयोग गर्ने । उनको सहयोगी मन बुझेका एक नेपालीले सोनुसँग सहयोगको अफिल गरे । गत फ्रेवुअरी १३ मा मधु पौडेल नामका नेपालीले ट्विटरमार्फत सहयोग मागे । मधुले विगत १० वर्षदेखि डाढ दुख्ने समस्याबाट ग्रसित भएको र आर्थिक अभावका कारण उपचार गर्न नपाएको बताएका थिए ।
पीडितले आफ्नो समस्याका कारण काम गर्न नसकेको बताएका थिए । लठ्ठी टेकेर हिडिरहेको भिडियो पोष्ट गर्दै उनले सोनुसँग आर्थिक सहयोगका लागि आग्रह गरेका थिए।
सोनुले ट्विटर मार्फत नै मधुलाई सहयोग गर्ने वचन दिएका छन् । उनले लेखेका छन्, ‘अतिथी देवो भवः । भारतबाट तिमी विना लठ्ठी नेपाल पुग्नेछौ ।’ सोनुले मधुको उपचारमा पूर्ण सहयोग गर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।