अन्टार्कटिकामा फेरि एक पटक चिन्ताजनक घटना भएको छ । पृत्वीको यो ध्रुवबाट एक विशाल हिमखण्ड टुक्रिएको छ ।
बेलायती अन्टार्कटिक सर्वेका अनुसार यो आइसबर्गको आकार एक हजार दुई सय ७० वर्गकिलोमिटर छ । यो क्षेत्रफललाई तुलना गर्दा यसको आकार ग्रेटर लण्डन वा अमेरिकाको न्यूयोर्क सहर बराबरको छ ।
क्याल्विङ प्रक्रियाका कारण पहिले नै टुक्रिने आशंका गरिएको थियो । यस क्षेत्रमा पहिले पनि दरार देखिएका थिए । पहिले नै अन्टार्कटिकाको यो हिमखण्डमा दरार परेका फुटेजहरु पाइएका थिए ।
यसै कारण टुक्रिने आशंका पहिले नै गरिएको थियो । यति ठूलो क्षेत्र टुक्रिएपछि विश्वभरका वैज्ञानिकको ध्यान अन्टार्कटिका क्षेत्रमा गएको छ ।
ग्लोबल वार्मिङका कारण यो हिमखण्ड टुक्रिएको बताइएको छ । ब्रिटिस अन्टार्कटिक सर्वेका निर्देशक तथा प्रोफेसर डेम जेन फ्रान्सिसका अनुसार नियमित आधारमा जिपिएस उपकरण र स्याटलाइटको सहयोगमा वैज्ञानिकले यहाँ काम गरिरहेका थिए ।
यो हिमखण्ड गत शुक्रबार बिहान पूरै तरिकाले टुक्रिएको हो । संस्थानका तर्फबाट जलवायु परिवर्तनका कारण यस्ता हिमखण्डहरु टुक्रिएर महासागरमा खस्ने गरेको बताइएको छ ।
ब्रिटिस अन्टार्कटिक सर्वेका अनुसार २६ फेब्रुअरीको बिहानै अन्टार्कटिकाको सतहमा दरार परेको थियो । फेरि तैरिँदै बफरको चट्टानबाट अलग भएको थियो ।
त्यसपछि विशालकाय हिमखण्डको निर्माण भएको छ । जनवरीदेखि नै दैनिक करिब एक किलोमिटरको रफ्तारमा हिमखण्डले आफ्नो सतह छाडिरहेको थियो ।
यसको पहिलो संकेत सन् २०२० को अन्त्यतिर पाइएको थियो । यो हिमखण्ड ब्रिटिस रिसर्च स्टेसन नजिकै टुक्रिएको हो । रिसर्च स्टेसनमा भने कुनै क्षति नपुगेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।