गैँडाकोटमा फाइनप्रिन्ट फिभर हुँदै
डा. बाबुरामदेखि रवि लामिछानेसम्मको उपस्थिति रहने

पुस्तक प्रकाशक संस्था फाइनप्रिन्टले फागुनको अन्तिम साता ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ । नवलपुरको गैँडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर हुने भएको हो । 

जहाँ फाइनप्रिन्टबाट ०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ भने उनीहरूका रोचक एवं बौद्धिक विमर्शका सत्र पनि सञ्चालन हुने आयाजक संस्थाले जनाएको छ । कार्यक्रममा लेखकहरुले आफ्ना पुस्तकका विषयमा चर्चा–परिचर्चा गर्नुका साथै पाठकसँग संवाद एवं अन्तक्र्रिया पनि गर्नेछन् । कार्यक्रमका अवसरमा विशेष छुटमा पुस्तक प्रदर्शनी रहने र अन्य रचनात्मक कार्यक्रम पनि हुने जनाइएको छ ।
 
कार्यक्रममा एक ज्यान दुई जुनीका लेखक देवेन्द्रराज पाण्डे, गुमनाम आमाहरूको कथाका लेखक डा. बाबुराम भट्टराई, जिजीविषाकी लेखक मनीषा कोइराला, देश देशावरका लेखक जीवा लामिछाने, पुँजीवाद र स्वतन्त्र समाजका आधारशीलाका अनुवादक मुराहरि पराजुली, लेखक असीम सागर, कबाल्स एन्ड कार्टेल्सका लेखक राजीव उपाध्याय, बिटविन क्विन्स एन्ड द सिटिजका लेखक निरञ्जन कुँवर र रहरका लेखक सुरेश बडालको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।  

उक्त अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति राजनीतिसँगै राजकाज पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्नेछन् । 





  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार १८:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया