यसकारण अनुराग र तापसीको घरमा छापा मारिएको थियो

करछलीको मामलामा फिल्ममेकर अनुराग कश्यप र अभिनेत्री तापसी पन्नूलाई आयकर विभागले कडाई गरेको छ । बुधबार मध्यरातसम्म दुवैसँग सोधपुछ गरिएको थियो । दुवै फिल्म सुटिङका लागि पुणेमा थिए ।

उनीहरु बसिरहेको होटेलमै सोधपुछ गरिएको हो । सोधपुछपछि आयकर विभागले छापा मार्नुको कारण सार्वजनिक भएको छ । इनकम ट्याक्सका अनुसार फेन्टम फिल्मसले आफ्नो केही शेयर रिलायन्स इन्टरनेटलाई बिक्री गरेको थियो । जसको कर हालसम्म बुझाइएको छैन ।

फेन्टम फिल्मसमा छापा मार्नुको मुख्य कारण यसलाई पनि मानिएको छ । करिब २० दिनअघि इनकम ट्याक्स डिमापर्टमेन्टले फेन्टम फिल्मससँग जोडिएका निर्देशक, एक्टर्स, प्रोड्युसर्स, डिस्टिब्युटर्सलाई नोटिस पठाएको थियो ।

यसमा अधिकांशले नोटिसको जवाफमा फेन्टम फिल्मस कम्पनी २०१८ मै बन्द भएको बताएका थिए । इन्कम ट्याक्सका अनुसार आयकर विभागले क्रस चेकिङका लागि कम्पनीसँग जोडिएका सबैसँग सम्पर्क गरेको थियो ।

आयकर विभागका अनुसार अनुराग र तापसीको घरमा छापा मार्नुको मुख्य कारण अहिलेको सम्पत्ति भएको बताइएको छ । अनुरागले करिब २२ करोडमा घर खरिद गरेका थिए । यस घर खरिदका लागि सोही कम्पनिको खाताबाट रकम निकालिएको थियो । जवाफमा उनीहरुले कम्पनी बन्द भइसकेको बताएका थिए । 

यसका साथै तापसी पन्नूले आफ्नो घरको इन्टिरियर डिजाइन डिकोर गरेकी थिइन् । यसको पेमेन्ट पनि सोही कम्पनीको खाताबाटै गरिएको पाइएको छ । सन् २०११ देखि हालसम्म कम्पनीले कर तिरेको छैन ।



रकम लुकाउनका लागि कम्पनी बन्द भएको नाटक गरेको र कर छली गरेको भन्दै इनकम ट्याक्सले उनीहरुको घरमा छापा मारेको हो । 
 



  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार १८:५७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया