ओली समूहको संसदीय दलको बैठक फागुन २२ गते, दाहाल–नेपाललगायत १७३ जनालाई निम्तो

नेकपा ओली समूहले संसद बैठकको अघिल्लो दिन फागुन २२ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ । सो बैठकमा प्ष्पकमल दाहाल र माधवकुमार नेपालसहित सो समूहमा रहेका सांसदहरुलाई पनि बोलाइएको छ । 

ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एसएमएसमार्फत उनीहरुलाई बैठकबारे जानकारी गराएका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलोपटक फागुन २३ गते संसद बैठक बस्दै छ । ओली समूहले त्यसको अघिल्लो दिन दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलएको हो । 

केही दिनअघि मात्रै प्रमुख सचेतकमा नियुक्त भएका भट्टराईले पठाएको एसएमएसमा लेखिएको छ– माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ ।

ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर उनको स्थानमा विशाल भट्टराईलाई नियुक्त गरेका हुन् । यता, दाहाल–नेपाल समूहले पनि बुधबार मात्रै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरी सोबारे संसद सचिवालयलाई पत्रमार्फत जानकारी गराएको छ । 

सो समूहले प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीलाई यसअघि नै पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । 





  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार २०:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया