लिभरपुल घरेलु मैदानमा चेल्सीसँग पराजित

इङ्ग्लिस क्लब लिभरपुल घरेलु मैदानमा पराजित भएको छ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले उसकै मैदानमा पराजित गरेको छ ।

गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे ।

चेल्सीका लागि खेलको ४२औँ मिनेटमा माउन्टले निर्णायक गोल गरेका हुन् । उनले कान्टेको पासमार्फत आकर्षक गोल गरे । जितसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ ।

जारी सिजनमा चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ । साविक विजेता लिभरपुल जारी सिजनमा ४३ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार ६:४६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया