फुटबल लिग खेल्न पाकिस्तान जाँदै चार महिला खेलाडी

पहिलो पटक पाकिस्तानमा लिग खेल्नका लागि नेपाली महिला खेलाडी आज त्यसतर्फ जाने भएका छन् । अखिल नेपाल फुटबल संघ, एन्फाका अनुसार लिग खेल्नका लागि ४ महिला खेलाडी आज पाकिस्तान जाने भएका हुन् । 

घरेलु फुटबलमा एपिएफ क्लबबाट व्यावसायिक फुटबल खेल्ने एन्जिला शुब्बा, सरु लिम्बु, अनिता केसी, गिता राना पाकिस्तानमा महिला लिग खेल्न जान लागेको हुन । चारै खेलाडीलाई एन्फाले बिहीबार बिदाइ गरेको छ ।

चारैजना खेलाडीले पाकिस्तान जानका लागि हिजै भिषा पाएका हुन । उनीहरु आज साँझ सात बजेट दुबई हुँदै कराँची जानेछन् । मार्च ८ देखि अप्रिल ३ सम्म चल्ने लिगमा चारै खेलाडीले पाकिस्तानको मासा युनाइटेडबाट फुटबल खेल्नेछन् ।

पाकिस्तानी क्लबले गरेको प्रस्तावलाई एन्फाले सरकारी अनुमति लिएर स्वीकृत गरेको हो । उनीहरु कति रकममा अनुबन्ध भएको भन्ने खुलाइएको छैन । यसअघि, सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय लिग खेलेका थिए ।





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार ८:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया