दिउँसो २ बजे सार्वजनिक हुँदैछन् विप्लव, चितवनबाट प्रहरीको स्कर्टिङ हुने

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज दिउँसो दुई बजे काठमाडौंमा सार्वजनिक हुँदैछन् । त्यसका लागि उनी चितवनबाट काठमाडौंका लागि प्रस्थान गरिसकेका छन् ।

यसअघि कसैलाई थाहा नदिइ काठमाडौं पुग्ने योजनामा विप्लव रहेका थिए । 

तर, प्रहरीले थाहा पाएपछि उनलाई स्कर्टिङमा काठमाडौं लगिँदै छ । 

उनी बिहीबार राति नै पूर्वी नवलपरासीको अमरापुरीमा बास बसेका थिए । यो ठाउँमा उनी भूमिगत हुँदा पनि बास बस्ने गरेका थिए । 

तीन वर्षदेखि भूमिगत राजनीति गरिरहेका विप्लव र उनको समूहलाई सरकारले प्रतिबन्ध लगाएको थियो । आज दिउँसो राष्ट्रिय सभा गृहमा विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मन्च सेयर गर्दैछन् । त्यही कार्यक्रममा विप्लव र सरकारबीच सहमति पत्रमा हस्ताक्षर पनि हुने भएको छ । 

विप्लव मूलधारको राजनीतिमा आउनुलाई नेपाली कम्युनिस्ट आन्दोलनमा विशेष प्राथमिकताका साथ हेरिएको छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १०:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया