संविधान र शान्तिपूर्ण राजनीतिबाहिर कोही रहेन : परराष्ट्रमन्त्री ज्ञवाली
फाइल फोटो

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिको बाटोमा आएसँगै अब कुनै राजनीतिक शक्ति संविधान बाहिर नरहेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन्। 

शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।  पृथकतावादका पक्षधर सिके राउतपछि विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो उपलब्धि भएको ज्ञवालीको भनाइ छ। 

‘सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि हुन्’ ज्ञवालीले भने ‘अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीति बाहिर रहेन ।’





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार ११:२७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया