ओलीविरुद्ध रणनीति बनाउन कांग्रेस र प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक बस्दै

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूह र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आज संसदीय दलको बैठक बस्दै छ । 

कांग्रेसको बैठक संसद भवन बानेश्वरमा बस्दैछ । प्रचण्ड-माधव समूहको बैठक सिंहदरबारमा बस्ने तय भएको छ । 

दुवै बैठकमा २३ गते बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । प्रचण्ड-माधव समूहले सरकारको विरोधमा अब कसरी अगाडि जाने भन्ने रणनीति तय गर्नेछ । 

यता, कांग्रेस संसदीय दलको बैठकले ओलीको बिदाई वा सरकार नयाँ सरकार गठनको विषयमा पदाधिकारी बैठकमा भएको छलफलको आधारमा थप छलफल गर्ने तयारी छ । 

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर जाने, आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने अथवा ओलीविरुद्ध प्रचण्ड-माधवसँग मिलेर सरकार बनाउने विकल्पमा छलफल गरिरहेको छ । 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार ११:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया