विप्लव सिधै बालुवाटार जाने, प्रधानमन्त्रीसँग पहिलो वार्ता

काठमाडौं :  सरकारले २ वर्ष लामो प्रतिबन्ध हटाएपछि भूमिगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव शुक्रबार पहिलो पटक नवलपरासीमा सार्वजनिक भएका छन्। 

नवलपरासीमा सहिद परिवारलाई भेटेपछि उनी प्रहरीको स्कर्टिङमा काठमाडौं लागेका छन्। आफ्ना केही सहयोगी र कार्यकर्तासहित उनी गाडीमा काठमाडौं हिँडेका हुन्। दिउँसो २ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सम्बोधन गर्ने कार्यक्रमका लागि विप्लव आउन लागेका हुन्। 

बुधबार र बिहीबार ६ चरणसम्म सरकारसँग भएको वार्ता सफल भएपछि उनी नवलपरासीमा सार्वजनिक भएर काठमाडौं आउन लागेका हुन्। विप्लव स्थलमार्गबाट काठमाडौं आएर सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानेछन्।

त्यहाँ उनले भावी रणनीति र राजनीतिक अवस्था बारेमा प्रधानमन्त्री ओलीसँग संवाद गर्ने भएका छन्। ओलीसँग बालुवाटारमा वार्ता गरेपछि दुवै जना राष्ट्रिय सभागृहमा आउनेछन्। त्यहाँ नै विप्लवले औपचारिक रुपमा करिब चार वर्ष लामो भूमिगत जीवन तत्काललाई अन्त्य गर्नेछन्। 

विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' नेतृत्वमा सरकारसँग वार्ता गरेको थियो। सरकारबाट गृहमन्त्री रामबहादुर थापा बादलले वार्ताको नेतृत्व गरेका थिए। विप्लव र बादल जनयुद्धका समयमा माओवादी लडाकुका दुई मुख्य कमाण्डर थिए। 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार ११:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया