बलिउड ड्रग केस : रियासहित ३३ आरोपी, ३० हजार पानाको चार्जसिट

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडको आन्तरिक समीकरण पुरै भताभूंग हुन पुग्यो । नामी कलाकारहरु लागुऔषधको अम्मली रहेको तथा ड्रग कारोबारमा संलग्न भएको रहस्यहरु खुल्न थाले । 

बलिउडमा ड्रग कनेक्सन जबर्जस्त रहेको पुष्टि भइसकेको छ । यसक्रममा लामो अध्ययनपछि नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले ३० हजार पानाभन्दा बढीको चार्जसिट तयार गरेको छ । 

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसहित ३३ जनाविरुद्ध चार्जसिट तयार भएको एनसिबीका प्रमुख समीर वानखेडेले बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त चार्जसिट वानखेडे आफैले आज अदालतमा दर्ता गर्दैछन् । 

एनसिबीले तयार पारेको चार्जसिटमा १२ हजार पानाको हार्ड कपी र सिडीमा प्रमाणहरु  दिइएको छ । सुशान्त सिंहको आत्महत्याको विषयमा छानविनको क्रममा बलिउडमा रहेको लागुऔषधको सञ्जाल पत्ता लागेको थियो । 

उक्त केसमा रियासहित ड्रग सप्लायर्सहरु विरुद्ध चार्जसिट तयार भएको हो । जसमा रियासहित शोविक, दिपेश सावन्त, स्यामुअल मिरान्डा र क्षितिज प्रसादलगायतको नाम सामेल रहेको छ । 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १२:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया