जेरार्ड पिके केही समय मैदान बाहिर रहने

स्पेनिस क्लब बार्सिलोनाका मुख्य डिफेन्डर जेरार्ड पिके कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् । क्लबले बिहीबार विज्ञप्ति निकाल्दै उनी २ देखि ३ सातासम्म मैदान बाहिर हुनसक्ने जानकारी दिएको हो ।

घुँडामा लोगेको चोटका कारण उनी मैदान बाहिर रहने भएका हुन् । कोपा डेल रे को सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा बुधबार सेभियासँगको खेलका क्रममा पिकेको घुँडामा चोट लागेको थियो ।

क्लबले उनी कहिलेबाट मैदान फर्किने छन् भन्ने स्पष्ट जानकारी भने दिएको छैन । उनलाई मेडिकल टिमको प्रत्यक्ष निगरानीमा राखिएको छ । घाइते भएपछि पिकेले कम्तीमा पनि चार खेल गुमाउने पक्का भएको छ ।

उनले ला लिगा अन्तर्गतको ओसासुना, हुएस्का र रियल सोसिडाड तथा च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्धको खेल गुमाउने छन् ।

भर्खरै मैदान फर्किएका मुख्य डिफेन्डरको अनुपस्थितिले बार्सिलोनालाई केही दबाब पर्ने देखिन्छ । 

गत नोभेम्बरमा एथ्लेटिको मड्रिडसँगको खेलका क्रममा लिगामेन्टमा देखिएको समस्याले पिके करिब ३ महिना मैदानमा देखिएका थिएनन् ।





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १३:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया