विप्लव र प्रधानमन्त्री राष्ट्रियसभा गृह पुगे

करिब ४ वर्ष लामो भूमिगत जीवन समाप्त गर्न लागेका नेत्रविक्रम चन्द विप्लवलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभागृहमा पुगेका छन्। सरकारी निवास बालुवाटारमा वार्तापछि प्रधानमन्त्री केही अगाडि र विप्लव केही पछाडि राष्ट्रिय सभागृह पुगेका हुन्। 

विप्लव राष्ट्रिय सभागृह पुग्दा उनको स्वागतमा पुगेका सयौँ कार्यकर्ताले समर्थनमा नाराबाजी गरेका छन्। रातो पोसाकमा सजिएका विप्लवका कार्यकर्ताले अहिले राष्ट्रिय सभागृहमा नाराबाजी गरिरहेका छन्। 

बुधबार र बिहीबार ६ चरणमा भएको वार्तापछि भूमिगत नेकपा महासचिव विप्लव अहिले राष्ट्रिय सभागृहमा सार्वजनिक हुन लागेका हुन। उनीसँगै जेल र हिरासतबाट छुटेका नेता कार्यकर्ता पनि आजै राष्ट्रियसभा गृहमा सार्वजनिक हुँदैछन्।

राष्ट्रियसभा गृहमा विप्लव सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन्। विप्लव काठमाडौं आइसकेका छन्। उनी आउने भएपछि राष्ट्रियसभा गृहमा उनका सयौँ कार्यकर्ता जम्मा भएका छन्। 

रातो पोसाकमा सजिएका कार्यकर्ताहरु सडकको दुवैतर्फ उभिएर विप्लवको स्वागतमा जुटेका छन्। प्रहरीले राष्ट्रियसभा गृहभित्र पस्नेहरूलाई कडा चेकजाँच गरिरहेको छ। उनीहरुलाई लाइन लगाएर राष्ट्रियसभा गृहमा प्रवेश गराइँदैछ। 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १४:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया