विप्लव भन्छन् :  नेपाली जनताको चाहना अझै पूरा भएको छैन

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको चाहना अझै पूरा नभएको बताएका छन्। करिब चार वर्ष लामो भूमिगत जीवनपछि राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'अहिलेको सहमति केवल पार्टी र केही नेताहरुको कुरा मात्रै होइन। देशलाई स्वाधीन र आत्म स्वाभिमानी बनाउने अभियानसँग पनि यो जोडिएको छ', उनले भने, 'यो सहमति केबल नेकपा र सरकारको मात्रै होइन। यो सहमति भित्र महान आकांक्षा लुकेको छ। नेपाल देशलाई स्वाधीन र आत्मस्वाभिमानी बनाउने सपना छ।'

उनले आफू काठमाडौं आउँदै गर्दा नवलपरासीमा सहिद परिवारको घरमा बसेको स्मरण गरे। 'नवलपरासीमा म सहिद परिवारको घरमा बसेर आएको हुँ। त्यहाँ सहिदकी आमाले नेपाली जनताको चाहना पूरा भएको छैन', उनले भने, 'उहाँले तपाईंहरु त्यहाँ हस्ताक्षर गर्दा हामीलाई सम्झिनुहोला, जनतालाई सम्झिनुहोला भन्नु भएको थियो।'





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १५:२७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया