एलपिएल क्रिकेट प्रतियोगिता : बाल बाटिका र विद्या भूषणको दोस्रो जित

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा नव बाल बाटिका स्कुल बौनिया र विद्या भूषणले दोस्रो जित आफ्नो पोल्टामा पारेका छन् ।

शुक्रबार भएको पहिलो खेलमा नव बाल बाटिकाले रोजी बड्सलाई ८ विकेटले पराजित गर्‍यो । संघीय प्रहरी इकाई कार्यालय धनगढीको खेल मैदानमा पहिले ब्याटिङ गरेको रोजी बड्सले १५ ओभर २ बलमा अलआउट हुँदै ८० रन बनायो । रोजी बड्सका याकुब मियाले २४ रन बनाए । बाल बाटिकाका विशाल विक्रम केसीले ३, हिमाल विक र हिमाल मल्लले २-२ विकेट लिए । 

रोजी बड्सले दिएको सामान्य लक्ष्य बाल बाटिकाले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । बाल बाटिकाका लागि विशाल विक्रम केसीले अविजित २६ रन जोड्दा कमल ओलीले अविजित १५ रन बनाए । खेलको प्लेयर अफ दि म्याच बाल बाटिकाका विशालविक्रम केसी चुनिए । प्रतियोगितामा बाल बाटिकाको दोस्रो जित हो ।

शुक्रबार नै भएको दोस्रो खेलमा विद्या भूषणले धनगढीको त्रिनगर माविलाई ६४ रनको अन्तरले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको विद्या भूषणले १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । उसका लागि प्रदीप चन्दले ३६ रन बनाए । त्रिनगरका खड्क नगरकोटीले ३, वसन्त थापा, पदम पनेरु र सुलभ सेवाले २-२ विकेट लिए ।

९२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको त्रिनगर ६ ओभर १ बलमा सबै विकेट गुमाउँदै २७ रनमा समेटियो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । त्रिनगरलाई सस्तैमा समेट्ने क्रममा विद्या भूषणका वीरेन्द्र नाथले ६ र शेर मल्लले ४ विकेट लिए । खेलको म्यान अफ द म्याच विद्या भूषणका वीरेन्द्र नाथ भए । प्रतियोगितामा विद्या भूषणको पनि दोस्रो जित हो ।





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १७:१६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया