म्यानमारमा सत्ता कब्जा गरेको सेनाको दमनप्रति त्यहाँको प्रहरी असन्तुष्ट देखिएको छ । कैयौं प्रहरीले आफ्ना मानिसहरुमाथि गोली चलाउनु गलत भएको बताइरहेका छन् । तर, उनीहरुसँग सेनाको आदेश मान्नुको विकल्प छैन ।
सेनाको आदेशमा आफ्ना नागरिकमाथि गोली वर्षाउनुको साटो त्यहाँका केही प्रहरी भागेका छन् । म्यानमारका १९ जना प्रहरी म्यानमारबाट भागेर भारत पुगेका छन् । सेनाको आदेशबाट मुक्त हुने उनीहरु उत्तरपूर्वी सीमा हुँदै भारत प्रवेश गरेका हुन् ।
देशमा शान्ति पुनःस्थापना नहुँदासम्मका लागि उनीहरुले भारतमै बस्न चाहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
वीओन वेबसाइटले स्थानीय अधिकारीलाई उदृत गर्दै म्यानमारका प्रहरी जवान उत्तरपूर्वी राज्य मिजोरमको चम्फइ सेरछिप जिल्लामा पुगेका थिए । सबै तल्लो तहका प्रहरी रहेको बताइएको छ । उनीहरुको साथमा हतियार छैनन् । सीमा पार गर्दै भारत प्रवेश गरेका छन् ।
चम्फइ जिल्लाका अधिकारीका अनुसार सीमा केही हदसम्म खुला भएकाले प्रहरी पैदलमार्फत भारत पुगेका हुन् । भारतको केन्द्रीय गृहमन्त्रालयलाई यस सम्बन्धमा जानकारी गराइसकेको चम्फइ जिल्लाका अधिकारीले जानकारी दिएका छन् ।
खबरअनुसार स्थानीय मानिसले पहिले नै चम्फइमा भारत–म्यानमार सीमा नजिक प्रहरीलाई देखिएको थियो । पछि स्थानीयले अधिकारीलाई यसबारे जानकारी दिएका थिए । अधिकारीले अवस्थालाई मध्यनजर गर्दै म्यानमारबाट भारत प्रवेश गर्न दिइएको छ ।
भारत–म्यानमार करिब एक हजार ६ सय ४३ किलोमिटर सीमा क्षेत्र जोडिएका छन् । सत्ता कब्जापछि प्रदर्शनमा उत्रिएका करिब ५४ मानिसलाई प्रहरी र सेनाले गोली प्रहार गरी मारेको छ ।
बुधबारको आतंकपछि अमेरिकाले म्यानमारको सेनापतिलाई शान्ति कायम राख्न अनुरोध गरेको छ । अमेरिकाले विश्वका सबै देशलाई म्यानमारविरुद्ध एक भएर आवाज उठाउन अपील पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।