प्रधानमन्त्री कप महिला भलिबल : पुलिसको रोमाञ्चक जित

सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । 

नेपालगञ्ज रंगशालाको कबर्ड हलमा शुक्रबार भएको खेलमा पुलिसले न्युडाइमन्ड एकेडेमीमाथि ३–२ सेटको रोमाञ्चक जित हात पारेको हो । 

पुलिसले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दा निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २८–२६ ले गुमाएको थियो । 

तेस्रो सेटमा पुलिस २५–१९ ले विजयी हुँदा चौथो सेट न्यु डाइमन्डले २५–१७ ले आफ्नो पक्षमा पारेपछि खेलको निर्णय पाँचौँ तथा अन्तिम सेटबाट भएको हो । पुलिसले पाँचौँ सेटमा १५–८ को जित हात पार्‍यो ।





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १७:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया