मिर्गौला फेरेपछि प्रधानमन्त्री जवान मान्छेभन्दा बढी सक्रिय : सूर्य थापा
फरकधार / २२ फागुन, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दोस्रोपटक मिर्गौला फेरेपछि प्रधानमन्त्री अ‍ोली जवान मान्छेभन्दा बढी सक्रिय भएको बताएका छन् । 



२०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दोस्रोपटक मिर्गौला फेरेपछि उनको स्वास्थ्यमा खासै समस्या नभएको र सामान्य रहेको बताएका छन् । ओली दैनिक १८ घण्टा देश र जनताको निमित्त प्रधानमन्त्रीको हैसियतमा काममा सक्रिय भएको पनि उनले बताएका छन् । 

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'सामान्य जवान मान्छेभन्दा पनि बढी ६९÷७० वर्षको पाको उमेरमा उहाँ अहोरात्र काममा खटिनु लोभ लाग्दो र विशेष सक्रियता नै हो ।' 

प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण पार्टी भित्रका केही अमानवीय र महत्वाकांक्षी व्यक्तिहरूका लागि असह्य र स्तब्ध पार्ने घटना बनेको भन्दै थापाले संक्रमणबाट बच्न चिकित्सकहरूले बसाइको दूरी कायम गरिदिएकोमा समेत आफ्नो कुर्सी हटाएर बदनाम गरेको भन्दै प्रचारमा उत्रिएको बताए । 



समयक्रमसँगै उनीहरुको आशय, मनसाय र रवैया स्पष्ट भइसकेको थापाले बताएका छन् । नेपाली जनताको हित र मुलुकको स्वाधिनताका लागि प्रधानमन्त्रीले विगत एक वर्षमा गरेका काम र आफ्नैहरूसँग गर्नुपरेको कठोर सत्ता–संघर्ष विशेष रहेको उनले बताए । 

सके बिरामीको बहाना बनाएर भएपनि हटाउने, नभए जेसुकै गरेर अपदस्थ गरिछाड्ने कसम खाएका व्यक्तिहरूसँग प्रधानमन्त्री ओलीले यस अवधिमा गर्नुपरेको सम्झौताहीन संघर्षले उच्च मनोबल, दृढ नेतृत्व र “आइरन पर्सनालिटी“कै पुनः पुष्टि भएको थापाले बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा मृगौलाकाे दाेस्राेपटक सफल...

Posted by Prime Minister's Press Advisor on Friday, March 5, 2021
  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार ९:६:९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया