\
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आफूमा प्रधानमन्त्री बन्ने कुनै चाहना नभएको बताएका छन् । देउवाले आफूलाई पदको लोभ तथा लालच नभएको बताए ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा कांग्रेसका युवा नेता नैनसिंह महरद्वारा लिखित किताब महाकाण्ड (संसद गठनदेखि विघटनसम्म) को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूमा प्रधानमन्त्री पदको लोभ नभएको बताएका हुन् ।
सत्तारुढ नेकपाको विवादमा आफू पर्न नचाहेको भन्दै देउवाले आफू वेटिङ प्राइममिनिस्टर नभएको बताए । विपक्षी दलको नेता स्वभाविक रुपमा भविष्यको प्रधानमन्त्री भएपनि आफूमा त्यो पदको लोभ तथा लालच नभएको उनले बताए ।
सभापति देउवाले भने, 'प्राइममिनिस्टर इन वेटिङमा भनेको छ । तर, म त्यसमा पनि छैन । मलाई लोभ पनि छैन, लालच पनि छैन । उनीहरुको झगडामा कहाँ फस्ने भन्या ?'
नेकपाको आफ्नै झगडा चलिरहेकाले आफू त्यसमा नफस्ने सभापति देउवाले बताए । उनले अहिलेको राजनीतिक परिस्थितिमा आफू प्रधानमन्त्री पदको लोभमा नफस्ने उनको भनाइ छ ।
देउवाले प्रष्ट भनेका छन्, 'विपक्षी दलको नेता भनेको प्राइममिनिस्टर इन वेटिङ नै हो । तर पनि म प्रधानमन्त्री हुन चाहेको छैन ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।