बालुवाटारमा ओली समूहको संसदीय दलको बैठक
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । 

पुनःस्थापित प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक डाकेका हुन् । आज दिउँसो ३ बजे बैठक बस्ने भएको हो । 

बैठकमा उपस्थित हुनका लागि नेकपाका सबै सांसदहरुलाई दलका प्रमुख सचेतक विशाल भट्टराईले सन्देश पठाएका छन् । उनले प्रचण्ड-माधव समूहका सांसदहरुलाई पनि सन्देश पठाएका छन् । 

भट्टराईको सन्देशमा भनिएको छ, 'नेकपा संसद सदस्य ज्यू हरु, २०७७/११/२२ गते दिनको ३ बजे प्रधानमन्त्री कार्यालय बालुवाटार हलमा संसदीय दलको नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार संसदीय दलको बैठक बस्ने हुँदा सबैको अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।'





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १०:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया