आई लिगको ‘प्लेयर अफ द मन्थ’ बने किरण चेम्जोङ

नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ भारतमा जारी हिरो आई लिग ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन् । उनी टिम अफ द मन्थमा पनि पर्न सफल भएका छन् ।

राउन्डग्लास पञ्जाबबाट आई लिग खेलिरहेका उनी फेब्रुअरी महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ चुनिएका हुन् । 

नियमित कप्तान विक्रमजित सिंहको अनुपस्थितिमा केही खेलमा टिमको कप्तानीसमेत सम्हालेका किरणले पहिलो चरणमा १० खेल खेल्दा ६ खेलमा क्लिनसिट राख्न सफल भएका थिए । 

किरणले समाजिक सञ्जालमार्फत यो आफ्नो खेल जीवनको अर्को एक महत्वपूर्ण उपलब्धि रहेको बताउँदै यसका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि दिएका छन् । 





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार ११:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया