प्रधानमन्त्री कप महिला भलिबल : एपिएफको उत्कृष्ट पुनरागमन

सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा विभागीय डर्बीमा नेपाल एपिएफ क्लबले विजयी भएको छ ।

नेपालगञ्ज रंगशालाको कभर्ड हलमा शनिबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ३–१ सेटको जित हात पारेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २६–२४ ले गुमाएको एपिएफले दोस्रो सेट २५–२३, तेस्रो सेटमा २५–१६ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गरेको हो ।

जितसँगै एपिएफले प्रतियोगितामा सुखद् सुरुवात गर्दा आर्मीले पहिलो पराजय बेहोरेको छ । आर्मीले पहिलो खेलमा स्थानीय क्लब लुम्बिनी युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको थियो ।





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १५:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया